मन्त्रिपरिषद निर्णय : सचिवको जिम्मेवारी हेरफेर, को कहाँ पुगे ? « Nagarik Khabar

मन्त्रिपरिषद निर्णय : सचिवको जिम्मेवारी हेरफेर, को कहाँ पुगे ?



काठमाडौं । सरकारले सचिव र सहसचिव गरी आठ जनाको जिम्मेवारी हेरफेर गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट उनीहरुको कार्यालय हेरफेर गरेको सरकारका प्रवक्ता तथा सञ्चार प्रविधि तथा सूचना मन्त्री गोकुल बास्कोटाले जनाकारी दिए ।

सरकारले सहसचिव हरिप्रसाद बस्याललाई बढुवा गरी पोखरास्थित प्रदेश नम्बर ४ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रमुख सचिवमा पदस्थापना गरेको छ । स्वास्थ्य मन्त्रालयका सचिव चन्द्र घिमिरेलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र सचिव केवल भण्डारीलाई कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रमुख सचिवमा पदस्थापन गरेको छ ।

यस्तै, स्वास्थ्य मन्त्रालयका सचिव चन्द्र घिमिरेलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पदस्थापन गरेको छ ।
कर्णाली प्रदेशको मुख्यमनत्री तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव रामप्रसाद थपलियालाई स्वास्थ्य मन्त्रालयको सचिव र प्रदेश नम्बर १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालका प्रमुख सचिव केदार न्यौपानेलाई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र महानगरका यादव कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मनत्रालयको सचिवको जिम्मेवारी दिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुरेश अधिकारीलाई प्रदेश नम्बर १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको कायममुकायम प्रमुख सचिवमा पदस्थापन गरिएको छ । त्यस्तै, अतिरिक्त समुहमा सचिव रहेका हरि पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा र राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पदस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: