मेलम्ची खानेपानीको समस्या चाँडै समाधान : मन्त्री मगर « Nagarik Khabar

मेलम्ची खानेपानीको समस्या चाँडै समाधान : मन्त्री मगर



काठमाडौं । खानेपानी मन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजनाको समस्या छिट्टै समाधान गर्ने बताएकी छन् । उनले आयोजनाको बाँकी काम अघि बढाउन देखिएको समस्या उचित व्यवस्थापन हुने गरी अन्य कामलाई अघि बढाउन मातहतका निकायलाई निर्देशन दिइन् ।

बिहीबार काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १४ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री मगरले काठमाडौं उपत्यकामा रहेका ढुंगेधारा, तलाउ, पोखरीहरुको संरक्षणको काममा जुट्न मातहतको निकायलाई कडा सचेत गराइन् ।

काठमाडौं उपत्यकामा खानेपानीको व्यवस्थापनको काममा खटिएका निकायहरुले त्यसको त्यसको सदुपयोग भए÷नभएको विषयमा विशेष निगरानी राख्नुपर्ने आवश्यकता पनि औंल्याइन् ।

यस्तै, खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले गुणस्तरीय खानेपानीको व्यवस्थापन हुने गरी आवश्यक मापदण्डसहितको कानुन निर्माणको कामलाई अघि बढाइएको बताए । उनले जनताको स्वच्छ खानेपानी पिउने अधिकारलाई सुरक्षित गराउन आवश्यक प्रविधि भित्र्याउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: