सातै प्रदेशमा टेलिकमको फोरजी सेवा, अर्को सातादेखि उपकरण जडान « Nagarik Khabar

सातै प्रदेशमा टेलिकमको फोरजी सेवा, अर्को सातादेखि उपकरण जडान



काठमाडौं । नेपाल टेलिकमले सातवटै प्रदेशमा फोरजी सेवा विस्तार गरेको छ। टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार फोर जी सेवाको विस्तारका लागि साइट सर्भेको काम ६५ प्रतिशत सकिएको छ।

बिहीबार टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रवक्ता वैद्यले भनिन्, ‘अब हामी देशैभरी फोरजी सेवा विस्तार गर्न सक्षम भइसकेका छौं। ‘

ntc

नेपाल टेलिकमले गत माघ २० मा एक वर्षभित्र सम्पन्‍न हुने गरी सातै प्रदेशमा फोर जी सेवा सञ्चालन गर्ने सम्झौता गरेको थियो। फोर जी सेवा विस्तारका लागि आवश्यक उपकरणहरु भित्र्याउने काम सुरु भइसकेको छ। ती उपकरणहरुको जडान गर्ने काम अर्को सातादेखि सुरु हुने प्रवक्ता वैद्यले बताइन् ।

यसका साथै एक करोड लाइन मोबाइल आयोजनाअन्तर्गत समस्या देखिएका ठाउँमा ग्राहकको माग अनुरुप मोबाइल टावर थप गरिनेछ भने सो आयोजनाअन्तर्गत मोबाइल टावर थप गर्ने काम चालु आर्थिक वर्षभित्रमा पूरा गर्ने लक्ष्यका साथ काम हुने बताइएको छ ।

टेलिकमले फोर जी सेवाको विस्तारका लागि चीनको जी कम्पनी र हङकङको सीसीएसआई कम्पनीसँग सम्झौता गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: