६ वटा विधेयक संसदमा पेश गर्न सरकारको स्वीकृति « Nagarik Khabar

६ वटा विधेयक संसदमा पेश गर्न सरकारको स्वीकृति



काठमाडौं । सरकारले विभिन्न ६ वटा विधेयक संसदमा पेश गर्न स्वीकृति दिएको छ । गत बैशाख २ गते बसेको बैठकले बीउबिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ ।

यस्तै, खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्थागर्न बनेको विधेयक, राजस्व चुहावट (अनुसन्धानतथा नियन्त्रण) ऐन–२०५२ लाई संशोधन गर्न बनेको विधेयक, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन–२०४८ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता एवम् सञ्चार प्रविधि तथा सूचना मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

यसरी नै बैठकले नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र वनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई पनि संसदमा पेश गर्न सरकारले स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: