काठमाडौं, ६ वैशाख । प्रहरीले कञ्चनपुरकी १३ बर्षीया निर्मला पन्त र काठमाडौंको बबरमहलमा आफ्नै निवासमा मृत भेटिएका पूर्वराजदूत केशव झा हत्या प्रकरणमा सूचनाको स्रोतबिना नै अनुसन्धान गरिरहेको छ ।
हत्या भएको लामो समय बित्दासमेत सूचनाको आधिकारिक स्रोतको अभावमा प्रहरीले यी द्ुबै घटनाको अनुसन्धानलाई निचोडमा पुर्याउन सकेको छैन ।
हाल आएर प्रहरीले निर्मला हत्या र पूर्वराजदूत झाको हत्यालाई उस्तै प्रकृतिको धटनाका रुपमा लिन थालेको छ । कारण दुबै घटनामा प्रहरीलाई सूचना दिने मान्छेसमेत छैन ।
प्रहरीले सूचनाको लिड पाएपछि भेरिफिकेसन गर्न सहज हुने बताउँदै आएको छ । आजको राजधानी दैनिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।