भारत लोकसभा निर्वाचन : दोस्रो चरणको मतदान सम्पन्न « Nagarik Khabar

भारत लोकसभा निर्वाचन : दोस्रो चरणको मतदान सम्पन्न



बीबीसी, ६ वैशाख । भारतको लोकसभा चुनावको दोस्रो चरण अन्तर्गत बिहीवार १२ राज्य र एक केन्द्र प्रशासित प्रदेशका ९५ सिटको लागि भएको चुनाव सम्पन्न भएको छ।

भारतीय निर्वाचन आयोगका अनुसार दोस्रो चरणमा ५:४० बजेसम्म ६१ प्रतिशतभन्दा बढी मत खसिसकेको थियो।

दोस्रो चरणको मतदानमा दशौँ लाख भारतीयहरू सहभागी भएका छन्। अधिकांश स्थानमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको खबर छ।

उडिसा राज्यमा एकजना निर्वाचन अधिकारीलाई माओवादी विद्रोहीहरूले एम्बुसमा पारी गोली हानी हत्या गरिदिएका छन्।

भारत प्रशासित कश्मीरको श्रीनगरमा पनि सुरक्षा व्यवस्था कडा पारिएको थियो।

प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका निम्ति निर्वाचित हुने आशमा छन् भने विपक्षी कंग्रेसले उनलाई चुनौती दिइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: