रुस-ट्रम्प साठगाँठको प्रमाण भेटिएन « Nagarik Khabar

रुस-ट्रम्प साठगाँठको प्रमाण भेटिएन



बीबीसी, ६ वैशाख । अमेरिकाका महान्यायाधिवक्ताले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसी साठगाँठ भएको भन्नेबारे विशेष अनुसन्धानकर्ता रोबर्ट म्युलरले त्यसमा कुनै अमेरिकी वा ट्रम्प अभियानका कोहीले पनि षडयन्त्र गरेको वा मिलेमतो गरेको कुनै प्रमाण फेला नपारेको बताएका छन्।

म्युलर प्रतिवेदन सार्वजनिक गर्नु अघि महान्यायाधिवक्ता विलियम बारले पत्रकार सम्मेलन गरेका थिए।

उनले भने, विशेष अनुसन्धानकर्ताले रुसी साठगाँठमा ट्रम्पको चुनावी अभियानमा जोडीएका कसैसँग मिलेर अमेरिकी कानून तोड्ने कुनै षडयन्त्र भएको प्रमाण फेला पारेनन्।

बारले उक्त चुनावमा डेमोक्र्याटिक पार्टी तर्फकी प्रत्याशी हिलरी क्लिन्टनका इमेल विकिलिक्स वेबसाइटमा प्रकाशन गर्नुमा ट्रम्प अभियानका कसैको पनि गैरकानुनी भूमिका भएको प्रमाण नभएको बताए।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: