जेट एयरवेजका सम्पूर्ण उडान अनिश्चित कालका लागि स्थगित « Nagarik Khabar

जेट एयरवेजका सम्पूर्ण उडान अनिश्चित कालका लागि स्थगित



बीबीसी, ६ वैशाख । समस्याग्रस्त भारतीय हवाईजहाज कम्पनी जेट एयरवेजले आफ्ना सबै अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरू अनिश्चित कालका लागि स्थगित गरेको छ।उक्त कम्पनीले नेपाल तर्फको उडान गत सोमवारदेखि बन्द गरेको हो।

सबै उडान स्थगित गर्नुअघि जेट एयरवेजले नेपालबाट हप्ताको ३५ वटा उडान गर्दै आएको थियो। तीमध्ये भारतको राजधानी नयाँ दिल्लीमा दैनिक चारवटा र मुम्बईमा एउटा उडान हुन्थे।

जेट एयरवेजले नेपाललाई एउटा राम्रो अन्तर्राष्ट्रिय गन्तव्य मान्ने गरेको थियो।

जेट एयरवेजका उडान स्थगित भएपछि काठमाण्डूबाट एअर इन्डिया, इन्डिगो र नेपाल वायुसेवा निगमका विमानले मात्रै भारततर्फ उडान गरिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी तेज बहादुर पौडेलले बीबीसी नेपाली सेवालाई जानकारी दिए।

जेट एयरवेजका उडान स्थगित भएपछि अन्य विमानसेवामा यात्रुको चाप बढेको छ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: