समुद्रबाट कुकुरको सकुशल उद्धार « Nagarik Khabar

समुद्रबाट कुकुरको सकुशल उद्धार



थाईल्यान्डमा समुद्री तटभन्दा २२० किलोमिटर पर समुद्रमा एउटा कुकुर भेटिएपछि तेल खानीका कामदारहरूले उसको उद्धार गरेका छन् । कुकुरलाई समुद्रमा देखेपछि ती कामदारहरूले उसलाई बोलाए । मानिसको आवाज सुनेर ऊ पौडिँदै उनीहरू भएको रिगतिर गएको थियो। सो कुकुर कसरी त्यति पर समुद्रमा पुग्यो भन्ने स्पष्ट छैन।

केही समाचार सामग्रीका अनुसार ऊ माछा मार्ने डुङ्गाबाट पानीमा खसेको हुन सक्छ। ती कामदारहरूले सो कुकुरको नाम बून्रड राखिदिएका छन्। थाई भाषामा सो शब्दको अर्थ ‘जोगाइएको’ वा ‘उद्धार गरिएको’ हुन्छ । उद्धार गरिँदा बुन्रड निकै थकित रहेको बताइन्छ । उसलाई स्वच्छ पानी र खानेकुरा दिइएको थियो।

उसको उमेर तीनदेखि पाँच वर्ष भएको अनुमान गरिएको छ।
उसलाई रिगमा राखेर कामदारहरूले समुद्री तटतिर फर्किँदै गरेको एउटा ट्याङ्करलाई सहयोगका लागि रेडियो सन्देश पठाएका थिए।

कामदारहरूले उसको शरीरबाट समुद्रको पानीमा भिज्दा जम्मा भएको नुन पखाल्न उसलाई नुहाइदिएका थिए। त्यसपछि ऊ सुतेको थियो। समुद्र शान्त र मौसम सफा भएकाले सो कुकुरलाई देख्न र उद्धार गर्न सकिएको कामदारहरूले बताए।

आइतबार क्रेनको सहायताले बून्रडलाई रिंगबाट तेल ओसार्ने जहाजमा सारिएको थियो। त्यसपछि उसलाई दक्षिण थाईल्यान्डस्थित एक पशुचिकित्सक भएको ठाउँमा लगियो। जहाजबाट ओरालेर चिकित्सककहाँ लैजादा ऊ खुसी देखिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: