विप्लवले निकाले यस्तो विज्ञप्ति « Nagarik Khabar

विप्लवले निकाले यस्तो विज्ञप्ति



काठमाडौं, ६ वैशाखख । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एक प्रेस विज्ञप्ति जारी गर्दै सो पार्टीले वैशाख ५ गते आव्हान गरेको नेपाल बन्द सफल भएको दावी गरेको छ ।

साथै उक्त पार्टीले बन्जद सफल पार्न सहयोग र समर्थन गरेवापत ‘देशका सवै व्यवसायी, उद्योगपति, शिक्षण संस्था, व्यापारी तथा सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिप्रति हार्दिक आभारसहित धन्यवाद ज्ञापन’ पनि गरेको छ ।

पार्टीका महासचिव विप्लवको हस्ताक्षरयुक्त उक्त वक्तव्यमा ुदेशको अवस्था दिनानुदिन बिग्रिदै गएको, सरकारले जनघात र राष्ट्रघातलाई झनै बढाएर गएको, देश र जनता असाध्यै जोखिमा पर्दै गएको’ उल्लेख गर्दै ‘जनताको वास्तविक मुक्ति ल्याएन र देशलाई बचाउन एकपटक फेरि नयाँ संघर्षमा एक भएर लाग्न जरुरी भइसकेको’ उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: