बालाजु २२ धारामा मेला, स्नान गरे दीर्घजीवन प्राप्त हुने विश्वास « Nagarik Khabar

बालाजु २२ धारामा मेला, स्नान गरे दीर्घजीवन प्राप्त हुने विश्वास



काठमाडौं, ६ वैशाख । चैत्र शुक्ल पूर्णिमा । चैत्र शुक्ल प्रतिपदामा संवत्सर आरम्भ हुने भएकोले यो पूर्णिमालाई नै वर्षको पहिलो पूर्णिमा मानिन्छ। यो दिन हनुमान जयन्ती मनाइन्छ।

वायु र अञ्जनीपुत्रका रूपमा जन्मेका हनुमान भगवान रामका बाहनको रूपमा परिचित छन्। उनको भक्ति संसारमै अतुलनीय मानिएको छ।

यसैगरी विभिन्न तीर्थस्थलमा मेला तथा जात्रा लाग्छ। विशेषगरी बालाजुको २२ धारामा मेला लाग्छ। यो दिन २२ धारामा स्नान गर्नाले चर्मरोगबाट मुक्त भई दीर्घजीवन प्राप्त हुने तथा पारिवारिक सुख, शान्ति एवं समृद्धि कायम हुने विश्वास छ।

महत्त्व

पूर्णिमा तिथि अर्थात् चन्द्रमा पूर्ण देखिने दिन। महिनाको एउटाको हिसाबले वर्षमा १२ पूर्णिमा हुन्छन्। सनातन संस्कृति र रहनसहनका कतिपय पक्षहरूसँग पूर्णिमा तिथि गाँसिएको छ। वैदिक ग्रन्थहरूले पनि पूर्णिमालाई ठूलो पर्व मानेका छन्। हिन्दुहरूको आदिग्रन्थ वेदको एक अंग मानिने वेदांग ज्योतिषले सम्पूर्ण शुभकर्म गर्नको लागि शुक्लपक्ष नै उत्कृष्ट मानेको छ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: