किन पक्राउ परे पूर्वसांसद वीपी यादव ? « Nagarik Khabar

किन पक्राउ परे पूर्वसांसद वीपी यादव ?



काठमाडौं, ६ वैशाख । पूर्वसांसद विश्वनाथप्रसाद यादव नक्कली काण्डमा मुछिएका छन् । उनीमाथि नक्कली उपभोक्ता समिति बनाएको आरोप लागेको छ । र उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

नक्कली उपभोक्ता समिति बनाएको विषयमा सोधपुछ गर्न यादवलाई नियन्त्रणमा लिइएको सप्तरी प्रहरीका प्रमुख एसपी राजेन्द्र विष्टले जानकारी दिए ।

प्रदेश २ सरकारद्वारा सञ्चालित योजनाको रकम एकलौटी रुपमा लिने उद्देश्यले यादवले नक्कली उपभोक्ता समिति बनाएको आरोप लागेको छ ।

२०६४ सालको पहिलो संविधानसभाको निर्वाचनपछि मधेशी तत्कालिन मधेशी जनअधिकार फोरम नेपालका समानुपातिक सांसद रहेको बेला सांसद साह रातो पासपोर्ट काण्डमा मुछिएका थिए । हाल उनी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रीय सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: