अमेरिकी जेलमा तीन सयभन्दा बढी नेपाली « Nagarik Khabar

अमेरिकी जेलमा तीन सयभन्दा बढी नेपाली



काठमाडौं, ६ वैशाख । अमेरिकी सरकारले गैरकानुनी रूपमा सीमा क्षेत्रबाट प्रवेश गर्ने विदेशीलाई जेलमा नै राख्ने निर्णय लिएको छ।

धेरै नेपाली महिनौं लगाएर अमेरिका पुगिरहेको अवस्थामा उनीहरूले त्यहाँको अदालतको निर्णय नआउन्जेल जेलमा बस्न पर्ने भएको हो।

यसअघि यसरी अमेरिका प्रवेश गर्नेले एसाइलम आवेदन दिएपछि धरौटीमा रिहा गर्ने प्रावधान थियो। यसलाई बुधबारदेखि हटाइएको हो। आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ ।

युएस इमिग्रशन एण्ड कस्टम इन्फोर्समेन्टले दिएको जानकारी अनुसार अमेरिकाका बिभिन्न शहरमा बनाइएका ७१ अध्यागमन जेलहरूमा तिन सय भन्दा बढी नेपालीहरू छन्। कस्टम इन्फोर्समेन्टका अनुसार सबै भन्दा धेरै नेपालीहरू जर्जिया, एरिजोना र अलाबामा राज्यको अध्यागमन जेलमाछन्।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: