चित्रकलामा सैनिक स्कुलका प्रजापति प्रथम « Nagarik Khabar

चित्रकलामा सैनिक स्कुलका प्रजापति प्रथम



काठमाडौं, ६ वैशाख । माइतीघर मण्डलामा काठमाडौं उपन्यकाका विद्यार्थीहरुले जल, जमिन, जंगल, जलाधार जोगाउने लक्ष्यसाथ स्थलगत चित्रकला प्रतियोगिता भएको छ । चित्रकलामा प्रराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आयोजनामा सम्पन्न मण्डलाको स्थलगत चित्रकला प्रतियोगितामा सैनिक आवासीय मावि भक्तपुरका देभिन प्रजापति प्रथम भए ।

यस्तै, मोक्षदा स्कुल कुमारीगाल काठमाडौंका रवीन्द्र शाही द्वितीय, विद्या विकास सेकेन्डरी स्कुल भक्तपुरका डुबिड प्रजापति तृतीय तथा बौद्ध सेकेन्डरी स्कुल बौद्धका तेन्जिङ डोमा शेर्पा र एम्बिसन एकेडेमी बानेश्वरका अनिता श्रेष्ठले सान्त्वना पुरस्कार पाएका छन् ।

विभागका अनुसार जल, जमिन, जंगल र जलाधार जोगाउन जनचेतनात्मक अभियान अघि सार्दै २४औं वन्यजन्तु सप्ताह ०७६ अन्तर्गत गरिएको प्रतियोगितामा डेढ दर्जन स्कुलका ४८ भन्दा बढी बालबालिका सहभागी थिए ।

कार्यक्रमको उद्घाटन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका योजना तथा शिक्षा विभागका अधिकृत विष्णुप्रसाद श्रेष्ठले गरेका थिए । विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले वन्यजन्तु तथा प्रकृति संरक्षणमा सामाजिक जागरणका लागि चित्रकला प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनाए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: