हावाको झोकामा सरोज खनाल र रिमा केसीको जोडी (भिडियो) « Nagarik Khabar

हावाको झोकामा सरोज खनाल र रिमा केसीको जोडी (भिडियो)



काठमाडौं । गायक रामकृष्ण ढकालको नयाँ गीत सार्वजनिक भएको छ । विकास थापाले लेखेको ‘हावाको झोँका’ बोलको गीतमा गायक ढकालको स्वर रहेको छ ।

गीतमा संगीतकार सन्तोष श्रेष्ठले संगीत भरेका छन् । गीतको म्यूजिक भिडियोमा अभिनेता सरोज खनालको मुख्य अभिनय रहेको छ ।

कवि हेम प्रभासले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा कवि रिमा के सी, सुजन थापा र सविना आचार्यको पनि पनि अभिनय देख्न सकिन्छ ।

म्यूजिक भिडियो मार्फत परिवारमा आमाको भुमिकालाई दर्शाउन खोजिएको छ । श्रीमतीको मृत्यु शोकमा डुबेको एउटा श्रीमान ।आमाको मातृशोक भुल्न नसकेर कुलतमा फस्न पुगेका छोराछोरी, एउटा बाबुले जीवनमा स्वीकार्नु पर्ने बाध्यता लगायतका दृष्य भिडियोमा देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस्ः 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: