इमर्जिङ प्लेयर अवार्डका लागि सन्दीप मनोनयनमा « Nagarik Khabar

इमर्जिङ प्लेयर अवार्डका लागि सन्दीप मनोनयनमा



काठमाडौं, ६ वैशाख । लगातार दोस्रो वर्ष आईपीएलमा खेलिरहेका नेपाली स्पिनर सन्दीप लामिछाने इमर्जिङ प्लेयरको अवार्डका लागि मनोनयनमा परेका छन् । यो अवार्डको विजेता अनलाइन भोटिङ र कमेन्टेटरहरुको मतका आधाचरमा चयन गरिन्छ ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आईपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई प्रत्येक संस्करणमा इमर्जिङ प्लेयर अवार्ड प्रदान गर्छ । जारी आईपीएलको आधाभन्दा बढि खेल सकिँदा बीसीसीआईले इमर्जिङ प्लेयर अवार्डको मनोनयन सुची सार्वजनिक गरेको हो ।

यो अवार्डमा दिल्ली क्यापिटल्सका सन्दीपसँगै रोयल च्यालेन्जर्सका मोहम्मद सिराज, मुम्बई इन्डियन्सका राहुल चहर, राजस्थान रोयल्सका जोफ्रा अर्चर र राजस्थान रोयल्सकै श्रेयस गोपाल मनोनित भएका छन् । सन्दीपले जारी संस्करणमा चार खेलबाट पाँच विकेट लिएका छन् । गत वर्षको संस्करणमा उनले तीन खेलबाट पाँच विकेट लिएका थिए ।

बीसीसीआईले मनोनित गरेको मध्ये एक जनालाई सर्वसाधारणले भोट गर्न सक्नेछन् । अनलाइन भोट र टेलिभिजन कमेन्टेटरको माध्यमबाट यी पाँच जनामध्ये एकले यो संस्करणको इमर्जिङ प्लयर अवार्ड जित्ने छन् ।यो अवार्ड जित्नेलाई १० लाख भारु नगद पुरस्कार प्रदान गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: