पाकिस्तानी विश्वकपको टिममा परेनन् मोहम्मद आमिर « Nagarik Khabar

पाकिस्तानी विश्वकपको टिममा परेनन् मोहम्मद आमिर



काठमाडौं, ६ वैशाख । पाकिस्तानले विश्वकप २०१९ का लागि आफ्नो १४ सदस्यिय टिम घोषणा गरेको छ । घोषित टोलीमा अनुभवि फास्ट बलर मोहम्मद अमिरले स्थान बनाउन सकेनन् ।

लामो समयदेखि आमिर खराब फर्मबाट गुज्रिरहेका थिए । च्याम्पियन्स ट्रफीको फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका उनले त्यसयता आफ्नो स्तर कायम राख्न सकेका थिएनन् । च्याम्पियन्स ट्रफी यता खेलेका १४ खेलमध्ये ९ वटामा उनी विकेटविहिन रहेका थिए । त्यसैले उनलाई चयनकर्ताहरुले बेवास्ता गरेका हुन् ।

घोषित टिममा मध्यक्रमका ब्याट्सम्यान आसिफ अलि पनि छुटेका छन् । उनी पनि केही समययताको कमजोर प्रदर्शनका कारण टिममा नपरेका हुन् । आमिर र आसिफ दुवैलाई ईंग्ल्यान्डविरुद्धको ओडीआई सिरिजमा भने राखिएको छ । पाकिस्तानले मे २३ सम्म आफ्नो टिममा फेरबदल गर्ने अवसर छ । त्यसैले ईंग्ल्यान्डविरुद्ध राम्रो प्रदर्शन गरेमा दुवैजना विश्वकप टिममा फर्किन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: