बसको ठक्करबाट एक जनाको मृत्यु « Nagarik Khabar

बसको ठक्करबाट एक जनाको मृत्यु



धादिङ । बसको ठक्करबाट नीलकण्ठ नगरपालिका–८ ससाह चौतारामा एकजनाको मृत्यु भएको छ ।
 
धादिङबेसीबाट काठमाडौँतर्फ आउँदै गरेको बा ४ ख ८६६७ नम्बरको यात्रुवाहक बसले कालुपाण्डे मार्गअन्तर्गत ससाह चौतारामा ठक्कर दिएको प्रहरीले जनाएको छ । 
 
मृत्यु हुनेमो सोही स्थानका ५० वर्षीय ज्ञानबहादुर दाहाल रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । 
प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: