समृद्धिका लागि सबै दलबीच सहमति भएको छ : अध्यक्ष प्रचण्ड « Nagarik Khabar

समृद्धिका लागि सबै दलबीच सहमति भएको छ : अध्यक्ष प्रचण्ड



नारायण प्रसाद ढुंगाना । चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता र प्रतिपक्ष दुवै मिलेर समृद्धितर्फ अघि बढ्नुपर्ने बताएका छन्। शुक्रबार प्रदेश नम्बर ३ सरकारले चितवनमा आयोजना गरेको निजी क्षेत्रसँग अन्तक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले मुलुकको समृद्धिका लागि अघि बढ्ने सबै राजनीतिक दलबीच सहमति भएको बताउका हुन् ।

‘सहमतिसाथ संविधान बनायौँ, सहमतिसाथ निर्वाचन गरायौँ,’ अध्यक्ष प्रचण्डले भने, ‘अब सहमतिका साथ विकास निर्माणतर्फको यात्रा सुरु गर्ने सङ्कल्प गरेका छौँ ।’ सत्तापक्ष र प्रतिपक्षलगायत सबै दलको आवाजको सार अब समृद्धि नै हो भन्ने रहेको बताउँदै अब यसलाई कार्यान्वयन गर्नका निम्ति सबैले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

सार्वजनिक र निजी क्षेत्र इमान्दारसाथ मिलेर विकास निर्माणमा लाग्नुपर्ने अध्यक्ष प्रचण्डले बताए । उनले भने, ‘कुनै पूर्वाग्रह लिएर होइन, निजी क्षेत्रसँग सहकार्य गर्नका लागि जब इमान्दार प्रयास हुँदैन तबसम्म देश विकासले गति लिनै सक्दैन ।’

सरकारी क्षेत्रले निजी क्षेत्रलाई नकारात्मक ढङ्गले हेर्ने परिपाटीले विगतमा देश विकास हुन नसकेको बताउँदै राज्यले निजी क्षेत्रलाई विश्वासमा लिने पहल गर्नुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: