दिनेश थपलिया प्रमुख निर्वाचन आयुक्त नियुक्त « Nagarik Khabar

दिनेश थपलिया प्रमुख निर्वाचन आयुक्त नियुक्त



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्को सिफारिशमा दिनेशकुमार थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेकी छिन् ।

शुक्रबार नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । संवैधानिक परिषदले प्रमुख आयुक्तमा सिफारिस गरेका थपलियाको नाम बुधबार संसदीय सुनुवाई समितिले अनुमोदन गरेको थियो ।

२०७५ चैत १० गते अयोधीप्रसाद यादवले अवकाश पाएपछि निर्वाचन आयोग नेतृत्वविहीन थियो । राष्ट्रपति भण्डारीले शुक्रबार नै राष्ट्रिय समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझालाई नियुक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: