राष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतका पाँच न्यायाधीश नियुक्त « Nagarik Khabar

राष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतका पाँच न्यायाधीश नियुक्त



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय परिषद्को सिफारिशमा सर्वोच्च अदालतका पाँच न्यायाधीशलाई नियुक्त गरेकी छिन् । शुक्रबार संविधानको धारा १२९ को उपधारा (२) बमोजिम नियुक्त गरेकी हुन् ।

न्यायधीशमा नियुक्त हुनेमा धनुषाका प्रकाशकुमार ढुङ्गाना, काठमाडौंका सुष्मलता माथेमा, झापाका कुमार रेग्मी, मोरङका हरिप्रसाद फुयाँल र काठमाडौंका मनोजकुमार शर्मा रहेका छन् । उनीहरुको नाम बिहीबार संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: