लोकसेवा आयोगलाई कर्मचारी भर्नामा रोक « Nagarik Khabar

लोकसेवा आयोगलाई कर्मचारी भर्नामा रोक



जनकपुरधाम । प्रदेश नम्बर २ सरकारले संघीय सरकारको मातहत रहेका लोक सेवा आयोगलाई एक पत्र लेख्दै यस प्रदेश भित्र कर्मचारी भर्नाका लागि विज्ञापन नगर्न आग्रह गरेका गरेको छ ।

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले लोक सेवा आयोगलाई पत्र पठाउँदै संघीय सरकारले केहि दिन अघि कर्मचारी समायोजनको काम सम्पन्न भइसकेकाले अब चाहिने कर्मचारी प्रदेश सरकार आफैले भर्ना गर्ने भन्दै कर्मचारीको विज्ञापन ननिकाल्न आयोगलाई सचेत गराएका हुन् ।

लोकसेवा आयोगलाई पत्राचार गर्दै कर्मचारी भर्ना आफै गर्ने भनेपछि मुख्यमन्त्रीको व्यवहारबाट कर्मचारी र आफ्नै मातहत राहेका केहि मन्त्रीमण्डलका मन्त्रीहरुले यस समेत यस कार्यको विरोध जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: