हावाहुरीको कारण फेलातालमा अलपत्र परेका तीन जनाको उद्धार « Nagarik Khabar

हावाहुरीको कारण फेलातालमा अलपत्र परेका तीन जनाको उद्धार



पोखरा । पोखरा महानगरापालिका–६ स्थित लेकसाईडस्थित फेवातालमा एक्कासी आएको हावाहुरीको कारण अलपत्र परेका बोटिङ्ग गरिरहेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

तालमा बोटिङ्ग गरिरहेको बेला एक्कासी आएको हावाहुरीको कारणएक डुंगामा पानी पसेपछि तीन जना अलपत्र परेका परेका थिए ।

हावाहुरीका कारण अलपत्र परेका सप्तरी जिल्लाको राजविराज वस्ने ४० वर्षिय बोलबम चौरसीया, २८ वर्षिय पुन्दन चौरसीय र १२ वर्षिय भाष चौरसीयालाई सशस्त्र प्रहरी सहायक निरीक्षक दिपक सिग्देलको कमाण्डमा खटिएको एपीएफ टोलीले तत्कालै उद्वार गरी सो तालबाट बाहिर निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: