चट्याङबाट सय भन्दा बढीको मृत्यु « Nagarik Khabar

चट्याङबाट सय भन्दा बढीको मृत्यु



काठमाडौं, ७ वैशाख । प्राकृतिक विपत्ति चट्याङबाट बर्षमा सयभन्दा बढी मानिसहरु मर्ने गरेका छन् । गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार यो बर्ष ५५ पुरुष र ५० महिलाको चट्याङबाट मृत्यु भएको हो ।

हावाहुरी तथा चट्याङ प्राकृतिक विपत्ति भएपनि विपद व्यवस्थापन महाशाखाले यससम्बन्धी कुनै जनचेतनामुलक कार्यक्रम ल्याउन सकेको छैन । आजको राजधानी दैनिकमा यो समाचार छापिएको छ ।

चट्याङबाट मात्रै २८४ जना घाइते भएका थिए । चट्याङ चैत वैशाख र जेठमा पर्ने भएकाले यो समयमा मानिसले सावधानी अपनाउने हो भने चट्याङबाट हुने मानवीय क्षति न्यूनीकरण गर्न सकिने सरोकारवाला बताउँछन् ।

चट्याङबाट बर्से्नि सयभन्दा बढी मानिस मर्ने र ३ सयको हाराहारीमा घाइते हुन्छन् तर यसको रोकथामबारे सरकारी निकायको कुनै ध्यान पुग्न नसकेको हो । चट्याङबाट हुने क्षति न्यूनीकरण गर्ने मुख्य जिम्मेवारीमा रहेको गृह मन्त्रालयले यस विषयलाई उच्च प्राथमिकतामा राख्न सकेको छैन ।

चट्याङबाट हुने क्षति कम गर्न मौसम पूर्वानुमान संयन्त्र भएजस्तै चट्याङ पूर्वानुमान संयन्त्र बनाउन सकिने उनको धारणा छ । ‘विश्वका अन्य देशहरूमा चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि सरकार तथा सम्बन्धित निकायले चट्याङ पूर्वानुमानका संयन्त्र स्थापना गरी त्यसबाट पूर्वानुमान लगाइहेका हुन्छन् ।

प्राकृतिक रूपमा हुने यस्ता घटनाबाट बच्न प्रत्येक घरमा अर्थिङलगायत चट्याङबाट बच्ने यन्त्र जडान गरिनुपर्ने उनको धारणा छ । सरकारले बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक प्रकोपलाई मात्र ध्यान दिँदा झट्ट हेर्दा सानै देखिए पनि खतरनाक चट्याङको विषयमा केही नगर्ने हो भने बर्से्नि सयौं मानिसको अकालमा ज्यान गुम्ने अवस्था रहिरहने पीडित परिवारको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: