आठ लाखका कस्मेटिक्स सामान बरामद « Nagarik Khabar

आठ लाखका कस्मेटिक्स सामान बरामद



काठमाडौं, ७ वैशाख । प्रहरीले भन्सार छलेर ल्याइएका विभिन्न कस्मेटिक्स सामानहरु बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राएका आठ लाख ३२ हजार बराबरको सामान बरामद गरी विरगन्ज भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एसपी सानुराम भट्टराइले बताए ।

उनका अनुसार रेडिमेड कपडा, कस्मेटिक माल समान, जुत्ता चप्पल, किराना समानहरू, हार्डवेयरका सामानहरु बरामद भएका छन् । ‘मालसमान ओसारपसार गर्न प्रयोग गरिएका मोटर साईकल १२ थान समेत बरामद गरी बरामद भन्सार बुझाएका छौ’, एसपी भट्टराईले भने ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: