बुटवल । सरकारले राष्ट्रिय गौरवको आयोजनाको रूपमा प्राथमिकताका साथ अघि बढाएको गौतमबुद्ध विमानस्थलको भौतिक पूर्वाधारको काम करिब ७५ प्रतिशत सकिएको छ ।
पूर्वाधार निर्माणको ८३ प्रतिशत काम सकिएपछि विमानस्थलमा परीक्षण उडान गर्न सकिने छ ।
विमानस्थल निर्माण आयोजना प्रमुख प्रवेश अधिकारीले बीचमा कुनै प्राविधिक समस्या नआए करिब तीन सातामा विमानस्थल परीक्षण उडानका लागि तयार हुने जानकारी दिए ।
यद्यपि, परीक्षण उडान कहिले गर्ने विषयमा व्यवस्थापन पक्षले निर्णय लिनेछ ।