मापसे गरेका चालकले प्रहरीलाई हजार रुपैयाँ दिन खोज्दा.. « Nagarik Khabar

मापसे गरेका चालकले प्रहरीलाई हजार रुपैयाँ दिन खोज्दा..



काठमाडौं, ७ वैशाख । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका ठमेलस्थित नर्सिङ चोकमा ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने सुनसरी ईटहरी उपमहानगरपालिका २ का २९ वर्षीय प्रेम कटुवाललाई प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी कटुवालले नर्सिङ चोकको वानवेमा बा ४८ प १८६१ नम्बरको मोटरसाइकल चलाई ल्याएको अवस्थामा चेकजाँच गर्ने क्रममा प्रहरीको कारवाहीबाट बच्न ब्लुबुकभित्र नगद १ हजार रुपैयाँ दिएर प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।

उनलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा चलाएको काठमाडौ प्रहरी परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: