नख्खु बिस्फोटका अभियुक्त सर्वोच्चबाट छुटेलगत्तै फेरी पक्राउ « Nagarik Khabar

नख्खु बिस्फोटका अभियुक्त सर्वोच्चबाट छुटेलगत्तै फेरी पक्राउ



काठमाडौं, ७ वैशाख । नख्खुमा गराइएको बम बिस्फोटका मुख्य अभियुक्त सूर्य भूजेल सर्वोच्च अदालतबाट रिहा भएलगत्तै पुनः पक्राउ परेका छन्।

कर्तव्य ज्यान, हातहतियार तथा बिस्फोट, संगठित अपराध र राज्यविरुद्धको अपराध मुद्दा चलाइएका भूजेललाई सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिटमा रिहा गर्ने आदेश दिए पनि शुक्रबार प्रहरीले फेरि पक्राउ गरेको हो।

उच्च स्रोतका अनुसार उनी अहिले काठमाडौं परिसरको हिरासतमै छन्। उनलाई हिरासत लिनुको प्रष्ट कारण भने प्रहरीले खुलाएको छैन।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: