४८ प्रतिशतसम्म व्याज असुल्ने व्यक्ति पक्राउ « Nagarik Khabar

४८ प्रतिशतसम्म व्याज असुल्ने व्यक्ति पक्राउ



दाङ । सर्वसाधारण व्यक्तिको सुन राखेर मिटर व्याजमा रकम असुल्दै आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं। ५ निवासी ६० वर्षीय तुलसीराम गुप्ता रहेको प्रहरीले जानकारी दिएको छ।

तुलसीपुरमा फोटो स्टूडियो सञ्चालन गर्दै आएका गुप्ताले त्यहीबाट वर्षौंदेखि विभिन्न व्यक्तिको सुन बन्धक राखेर मिटर व्याजमा रकम असुल्दै आएको गुनासोको आधारमा पक्राउ गर्नुपरेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: