कृति विमोचन गरेर विवाह « Nagarik Khabar

कृति विमोचन गरेर विवाह



काठमाडौं, ७ वैशाख । दुई कवि पुस्तक विमोचन गरेर विवाह बन्धनमा बाँधिएका छन् ।

दोलखाका कवि बलराम दाहाल र नुवाकोटकी कवि भैरवी ‘भूगोल’ ढुंगाना कविता संग्रह विमोचन गरेर विवाह बन्धनमा बाँधिएका हुन् ।

विवाहमा समारोहमा शताब्दी पुरुष सत्यमोहन जोशी प्रमुख अथिति थिए भने कार्यक्रमको सभापतित्व अशेष मल्लले गरेका थिए। परम्परागत घुम्टो विनै उपस्थित भएकी बेहुलीका मातापिताले कवि दाहाललाई सुम्पेका थिए ।

शताब्दी पुरुष जोशीले दुई कृति ‘भाडा नलाग्ने कोठा’ र ‘अस्वीकृत शालीनता’ विमोचन गरे । ज्योतिष पं. बालचन्द्र पोखरेलले हिन्दू धर्मअनुसार नै केही समय विवाहको विधि सुरु गरेपछि वरमाला र स्वयंवरको कार्यक्रम सम्पन्न भएका थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: