अनिश श्रेष्ठ र सरिता प्रजापतिको बरै (भिडियो) « Nagarik Khabar

अनिश श्रेष्ठ र सरिता प्रजापतिको बरै (भिडियो)



काठमाडौं । गायक अनिश श्रेष्ठ र गायिका सरिता प्रजापतिको स्वर रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

अनिश र सरिताको स्वर रहेको ‘बरै’ बोलको गीत भिडियोसहित सार्वजनिक गरिएको हो । गीतमा डा. राजुबाबु श्रेष्ठको शब्द तथा अनिश श्रेष्ठको संगीत छ । भिडियोको निर्देशन दिप सिंहले गरेका हुन् । भिडियोमा फिट एण्ड फायरको अवधारणा र कोरियोग्राफी छ । साथै फिट एण्ड फायर ग्रुपका कलाकारको अभिनय रहेको छ ।

गीतमा राष्ट्रिय भावना समेटिएको छ । राष्ट्रको पीडा र समस्या उजागर गरिएको छ । शुभ भट्ट, मन थापा, कोसिस राई,अर्जुन थापा, पुनम श्रेष्ठ, सिल्भिक सुर्खेती र इरा महर्जनको नृत्य र अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: