छोराछोरीलाई यातना दिने बाबुआमालाई यस्तो सजाय « Nagarik Khabar

छोराछोरीलाई यातना दिने बाबुआमालाई यस्तो सजाय



एजेन्सी । अमेरिकी राज्य क्यालिफोर्नियाका एक निर्दयी बाबुआमालाई २५ वर्षको जेल सजाए सुनाइएको छ।

आफ्नै छोराछोरीलाई साङ्लाले बाधेर वर्षौ यातना दिने बाबुआमालाई अमेरिकी अदालतले जेल सजाए सुनाएको हो।

आफ्ना १३ सन्तानलाई बाबु डेभिड र आमा लुइस तुर्पिनले करिब ९ वर्षसम्म चरम यातना दिएका थिए।

१७ वर्षीया छोरी क्यालिफोर्नियास्थित पेर्रिस शहरको घरबाट भाग्न सफल भएपछि उनकै उजुरीको आधारमा गतवर्षको जनवरी महिनामा ती अभिभावकलाई प्रहरीले पक्राउ गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: