ढोका थुनेर बजेटको तयारी « Nagarik Khabar

ढोका थुनेर बजेटको तयारी



काठमाडौं, ७ वैशाख । सरकार आगामी वर्षको बजेटको चटारोमा छ ।

यस पटक वृद्धभत्ता वृद्धिको विषय बजेटको प्राथमिकतामा राख्नुपर्ने चुनौती सरकारलाई छ । त्यस्तै कर्मचारीको तलब वृद्धि पनि चुनौतीको विषय बनेको छ ।

बजेट निर्माणमा जुटेको सरकारालई कर्मचारीको आधिकारिक ट्रेड युनियनले कर्मचारीको तलब वृद्धि गर्नुपर्छ भनेर लबिङ गरिरहेको छ ।

चालु वर्ष (२०७५ ०७६) को बजेटले कर्मचारीको तलब वृद्धि गर्न सकेन । यसमै असन्तुष्ट बनेका कर्मचारीहरु यस पटक तलब वृद्धिको आशमा छन् ।

यद्यपि अर्थमन्त्रालयका अनुसार तलब वृद्धिको विषय छलफलको प्रारम्भिक चरणमै रहेको छ ।

ढोका थुनेर बजेटको तयारी, सुनासान छ अर्थ बाहिरको माहोल
अर्थमन्त्रालय बजेट निर्माणमा जुटेको छ । आगामी आर्थिक वर्ष (२०७६÷०७७) को बजेट संसदमा पेश हुन अब झण्डै ४० दिन बाँकी छ । संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ मा संसदमा बजेट पेश गर्नुपर्ने हुन्छ ।

सधैँ खुला रहने आर्थ मन्त्रालयको पछाडिको ढोका बन्द छ भने अगाडिको मेन गेट खोले पनि भित्र छिर्ने दुई ढोका बन्द छन् । हत्तपत्त भित्र छिर्न नपाइने व्यवस्था अहिले अर्थ मन्त्रालयले गरेको छ । कर्मचारीको कार्ड देखाएपछि मात्र ढोका खुल्छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: