जितगढीमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा « Nagarik Khabar

जितगढीमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा



बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुटवलमा एक युवाले कालो झण्डा देखाएका छन् । प्रधानमन्त्री ओलीले जितगढी उत्सवको समारोहलाई सम्बोधन गरिरहेकै बेलामा अर्घाखाँचीका रुद्रप्रसाद घिमिरेले कालो झण्डा देखाएका हुन् ।

प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहेका बेला दर्शकदीर्घाबाट पत्रकारहरु रहेको क्षेत्रनजिक आएर उनले कालो झण्डा देखाएका थिए । ती युवाले ‘उजिरसिंह जिन्दावाद, हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्दै उनले झण्डा देखाए ।

रुद्रप्रसादले कालो झण्डा देखाएको सुरुमा प्रहरीले नियन्त्रणमा लिएनन् । जब प्रधानमन्त्री ओलीले ‘ऊ कालो झण्डा देखाइरहेका छन्, तपार्इहरुले के हेरिरहनुभएको छ ?’ भनेपछि मात्रै प्रहरीले नियन्त्रणमा लिएको थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: