ब्रबिम सेर्माको सेवारो नमस्ते (भिडियो) « Nagarik Khabar

ब्रबिम सेर्माको सेवारो नमस्ते (भिडियो)



काठमाडौं । गायक ब्रबिम सेर्माको स्वरमा रहेको नयाँ गीत ‘सेवारो नमस्ते’ सार्वजनिक भएको छ । दिलकमल सेर्माको शब्द रहेको उक्त गीत शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो।

गीतमा गायक सेर्मा र गीतकार दिलकमलको संगीत रहेको छ भने एरेन्ज फणिन्द्र राईको छ । गीतको म्युजिक भिडियोमा चर्चित कलाकार विल्सनविक्रम राई ‘तोक्मे बुढा’ र एलिसा राईको अभिनय हेर्न सकिन्छ ।

विल्सनविक्रम राईले निर्देशन गरेको भिडियो नवराज उप्रेतीले खिचेका छन् । लिम्बू भाषाका सयौं चर्चित गीतका गायक ब्रबिमको यसअघि पनि चर्चित नेपाली गीतहरु बजारमा आइसकेको छ ।

भिडियो हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: