सरकार लोकतन्त्रको मान्यताविरुद्ध गयो : सभापति देउवा « Nagarik Khabar

सरकार लोकतन्त्रको मान्यताविरुद्ध गयो : सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको अधिकार खोस्न खोजेको आरोप लगाएका छन् ।

कांग्रेस काठमाडौं क्षेत्र नम्बर ५ ले शनिबार आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा सभापति देउवाले प्रजातान्त्रिक हक र अधिकारलाई बेवास्ता गरेर सरकारले काम गरिरहेको आरोप लगाए । उनले भने, ‘सेना परिचालन गर्ने अधिकार र राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहत राखेर वर्तमान सरकारले शासन गर्न खोजेकाले यसविरुद्ध कांग्रेस जाग्नुपर्ने बेला आएको छ।’

अर्को प्रसंगमा सभापति देउवाले कांग्रेसभित्र अनुशासन हराउँदै गएको उल्लेख गर्दै अब अनुशासनविरुद्ध काम गर्ने जो कोहीलाई कारवाही गर्ने चेतावनी दिए । उनले घरघर गएर पार्टीको सङ्गठन विस्तार गर्न कार्यकर्तालाई निर्देशनसमेत दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: