देश समृद्धितर्फ अघि बढिरहेको छ : प्रधानमन्त्री ओली « Nagarik Khabar

देश समृद्धितर्फ अघि बढिरहेको छ : प्रधानमन्त्री ओली



नवलपरासी । प्रधानमन्त्री केपी शर्मा ओलीले देश समृद्धि र विकासतर्फ अघि बढिरहेको बताएका छन् । पूर्वी नवलपरासीको सदरमुकाम नमुना सदरमुकामको कावासोती नगरपालिका–३ मा शनिबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले देशमा बाटो घाटो, पुल पुलेसा, शिक्षा स्वास्थ्य लगायतका अन्य सबै क्षेत्रको समेत विकास हुँदै गएको बताए ।

जलविद्युत्देखि पानी जहान सञ्चालनसम्मको योजनाअघि बढाउन सरकार लागिपरेको उल्लेख गर्दै उन अब मुलुकले समृद्धि र विकासको गति लिएको दाबी गरे । हुलाकी राजमार्गदेखि अन्य विकास निर्माणका काम साथै कृषि, पर्यटन लगायतका अन्य विविध क्षेत्रमा समेत सरकारले लक्ष्यअनुसार काम अघि बढिरहेको प्रधानमन्त्री ओलीले चर्चा गरे ।

कोरला नाकाको विकासका लागि सरकार लागेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले समग्र देशको चौतर्फी विकासका लागि आफू अगाडि बढेको उल्लेख गरे ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घ र प्रदेशअन्तर्गतका कार्यालय एकीकृत रुपमा स्थापना गर्ने योजनालाई रकम अभावका कारणले कुनै समस्या हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले त्रिवेणी पोखरा हुँदै कोरला नाकाको सडक सञ्जाल विस्तारमा सङ्घीय सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफ्नो जिम्मेवारीमा नखटिने कर्मचारी सरकारलाई आवश्यक नभएको बताउँदै सबै कर्मचारीले आआफ्नो जिम्मेवारीअनुसार काम गर्नुपर्ने सचेत गराए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: