सरकार विरोधि आान्दोलनको संयोजकमा तामाङ « Nagarik Khabar

सरकार विरोधि आान्दोलनको संयोजकमा तामाङ



काठमाडौं, ८ वैशाख । पहिलो चरणको संघर्षका कार्यक्रम सकेको राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको कार्यक्रम अझै सशक्त बनाउने जनाएको छ ।

शनिबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पहिलो चरणअन्तर्गतका कार्यक्रम सफल भएको दाबी गर्दै दोस्रो चरणका लागि सशक्त रूपमा तयारी भइरहेको जनाएको छ बैठकले राजमार्ग र सडकका चोकमा गर्ने भनेको पहिलो चरणअन्तर्गतको सत्याग्रहका कार्यक्रमसमेत स्थगित गरेको छ । राप्रपाले आइतबार (आज) राजमार्ग र चोकमा सत्याग्रह गर्ने पूर्वनिर्धारित कार्यक्रम थियो।

पहिलो चरणमा बाँकी रहेका कार्यक्रमलाई दोस्रो चरणको कार्यक्रममा समेटिने राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

राप्रपाले दोस्रो चरणका आन्दोलनका कार्यक्रम तय गर्न वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा समितिसमेत गठन गरेको छ । समितिमा महामन्त्रीत्रय राजेन्द्र लिङ्देन, डा. धवलशमशेर राणा र भाष्कर भद्रा, प्रदेश ३ का अध्यक्ष विक्रमबहादुर थापा, महिला संगठनकी अध्यक्ष कुन्तिकुमारी शाही र युवा संगठनका अध्यक्ष प्रकाश रिमाल सदस्य छन्।

समितिलाई सात दिनभित्र आगामी आन्दोलनका कार्यक्रम तय गर्न कार्यसमितिले जिम्मा दिएको प्रचार विभाग प्रमुख श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: