बालुवाटार बैठकपछि किन जाँदैछन् प्रचण्ड चितवन ? « Nagarik Khabar

बालुवाटार बैठकपछि किन जाँदैछन् प्रचण्ड चितवन ?



काठमाडौं, ८ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुवीच पार्टी एकिकरण प्रकृया टुंग्याउने विषयमा प्रधानमन्त्री निवास वालुवाटारमा छलफल भैरहेको छ ।

छलफलमा पार्टी अध्यक्षद्धय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलवीच छलफल चलिरहेको छ ।

वालुवाटारको बैठक सिध्याएर पार्टी अध्यक्ष प्रचण्ड आज नै चितवनका दुइवटा कार्यक्रममा सहभागी हुनेछन्।

दिउसो १२ बजे बाइपास रोड भरतपुरमा साझा सहकारीको को नमुना पेट्रोल पम्प उद्घाटन र दिउसो १ बजे कैलाशनगर मा.बि. को स्वर्ण महोत्सवउद्घाटन कार्यक्रममा सहभागी हुने दाहालको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: