लागुऔषध ओसारपसारको आरोपमा पाँच जना पक्राउ « Nagarik Khabar

लागुऔषध ओसारपसारको आरोपमा पाँच जना पक्राउ



बाँके, ८ वैशाख । बाँके प्रहरीले सीमावर्ती क्षेत्रबाट लागुऔषध (ब्राउन सुगर) ओसारपोसार तथा बिक्री वितरण गरेको आरोपमा पाँच जना पक्राउ गरेको छ । लागुऔषध ल्याएको सुचना पाएपछि प्रहरीले चन्दननाथ नगरपालिका, ४ भारतीबाडामा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक नवीन ओलीका अनुसार बाँके जिल्ला डुढुवा गाउँपालिका, ५ का २६ वर्षीय हिरालाल सुनार र चार जना नाबालकलाई प्रक्राउ गरेको छ।

सुनारले सीमावर्ती भारतबाट ल्याएर आफू बस्ने कोठामा झोलाभित्र राखिएको ४ ग्राम २० मिलिग्राम लागुऔषध बरामद गरिएको प्रहरी निरीक्षक ओलीले जानकारी दिए ।

प्रक्राउ परेका उनीहरुलाई लागुऔषध ओसारपसार शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिहेको प्रहरी जानकारी दिए । साथै नाबालकलाई भने आफन्तको जिम्मा लगाउने तयारी भैरहेको पनि उनले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: