सर्वोच्च अदालतका पाँच न्यायाधीशबाट सपथ ग्रहण « Nagarik Khabar

सर्वोच्च अदालतका पाँच न्यायाधीशबाट सपथ ग्रहण



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सर्वोच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।

आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त न्यायाधीश प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा. मनोजकुमार शर्माले शपथ लिएका हुन् ।

उनीहरुमध्ये ढुङ्गाना र माथेमा उच्च अदालतको मुख्य न्यायाधीश हुन् भने रेग्मी, फुँयाल र शर्मा कानुन व्यवसायी हुन् ।

राष्ट्रपति भण्डारीले सातै जनालाई उक्त पदमा गत शुक्रबार नियुक्ति गरेकी थिइन् । सर्वोच्च अदालतका न्यायाधीश न्याय परिषद्को सिफारिसमा नियुक्त गर्ने प्रावधान छ ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकृत र सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: