संघीय संसदको वर्षे अधिवेशन वैशाख १६ गते आह्वान « Nagarik Khabar

संघीय संसदको वर्षे अधिवेशन वैशाख १६ गते आह्वान



काठमाडौं । संघीय संसदको वर्षे अधिवेशन वैशाख १६ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेश आह्वान गरेकी हुन् ।

संसदको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ । वर्षे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिनुका साथै त्यसमाथि छलफल गरेर पारित गरिन्छ ।

राष्ट्रपति भण्डारी बेशाख ११ गते चीनको नौ दिने राजकीय भ्रमणमा जाने भएकाले त्यसअघि नै अधिवेशन आह्वान गरिएको संघीय संसद सचिवालयले जनायो । अधिवेशन कम्तीमा एक हप्ताअघि आह्वान हुनुपर्ने व्यवस्था छ ।

संवैधाननिक व्यवस्थाअनुसार जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्छ । त्यसअघि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने प्रचलन छ । यसवर्ष वैशाख २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अर्यालले जानकारी दिए ।

संसदको हिउँदे अधिवेशन चैत १० गते अन्त्य भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: