पिपरा गाउँपालिका अध्यक्ष चौधरीको निधन « Nagarik Khabar

पिपरा गाउँपालिका अध्यक्ष चौधरीको निधन



महोत्तरी । पिपरा गाउँपालिकाका अध्यक्ष विनोद चौधरीको आइतबार बिहान निधन भएको छ ।

पाँच/छ दिनअघि अचानक बिरामी भई हेलिकप्टरमार्फत काठमाडौँं लगिएका ४५ वर्षीय चौधरीको उपचारका क्रममा काठमाडौँंमै निधन भएको राष्ट्रिय जनता पार्टी नेपालका महोत्तरी जिल्ला संयोजक रामप्रगास यादवले जानकारी दिए ।

राजपाबाट पिपराका अध्यक्षमा निर्वाचित चौधरीको बिहान १० बजे काठमाडौँको मेडिसिटी अस्पतालमा निधन भएको संयोजक यादवले बताए । अध्यक्ष चौधरीले निर्वाचित भएदेखि नै पटक पटक बिरामी भएर भारतको दिल्लीसम्म उपचार गराएका थिए । पाँच/छ दिनअघि पुनः एक्कासी बिरामी भएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौँ लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: