नेकपा सचिवालय बैठक सुरु, पार्टी एकीकरणलाई अन्तिम रुप दिइने « Nagarik Khabar

नेकपा सचिवालय बैठक सुरु, पार्टी एकीकरणलाई अन्तिम रुप दिइने



काठमाडौं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का विभिन्न संगठनहरुको एकतालाई अन्तिम रुप दिन सचिवालय बैठक सुरु भएको छ । पार्टीका शीर्ष नेता र जनवर्गीय संठनका प्रमुखहरुबीच सहमति जुटेपछि ‘अनुमोदन’का लागि आइतबार साँझ सचिवालय बैठक बसेको हो ।

आइतबार बिहान नेकपा शीर्ष नेताहरु अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल तथा महासचिव विष्णु पौडेलबीच छलफल भएको थियो । यसका साथै नेकपाका दोस्रो तहका नेता तथ जनवर्गीय संगठनका प्रमुखहरुको पनि बैठक बसेको थियो । उक्त बैठकले नेतृत्व र सांगठनिक संरचनाका विषयमा छलफल गरेको थियो।

छलफलबाट टुंगोमा पुगेका विषयलाई नेकपा सचिवालयले अन्तिम खाका तयार गर्ने बताइएको छ । नेकपाको ७०औँ स्थापना दिवसको अवसर पारेर भोलि अर्थात् वैशाख ९ गते पार्टी एकीकरणको टुंगो लागेको घोषणा गर्ने तयारीमा नेकपा कसरतरत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: