हैदरावाद ९ विकेटले विजयी, अंक तालिकाको चौंथो स्थानमा « Nagarik Khabar

हैदरावाद ९ विकेटले विजयी, अंक तालिकाको चौंथो स्थानमा



इण्डियन प्रिमियर लीग (आइपिएल)अन्तर्गत आइतबार भएको खेलमा हैदरावादले कोलकत्ता नाइट राइडर्सलाई ९ विकेटले हराएको छ । जितसँगै हैदरावाद अंक तालिकाको चौंथो स्थानमा उक्लिएको छ ।

कोलकत्ताले दिएको १६० रनको लक्ष्य हैदरावादले १५ ओभरमा एक विकेट गुमाउँदै पूरा गरेको थियो ।

पहिलो विकेटका लागि जोनी वेइस्ट्रोसँग १३१ रनको साझेदारी गरेका डेविड वार्नर यारा पृथ्वीराजको बलमा बोल्ड आउट भए । ६७ रन बनाएका उनले ३८ बलको सामना गर्दै ३ चौका र ५ छक्का प्रहार गरे । त्यसैगरी जोनी वेइस्ट्रोले ८० तथा केन विलिम्सन ८ रनमा अविजित रहे ।

हैदरावादस्थित राजीव गान्धी अन्तराष्ट्रिय स्टेडियमा टस हारेर पहिले व्याटिङ्गमा उत्रेको कोलकत्ताले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १५९ रनको मध्यम योगफल बनाएको थियो । कोलकत्ताका क्रिस लिनले सर्वाधिक ५१ रन बनाए । त्यसैगरी रिङ्कु सिंहले ३० तथा सुनिल नारायणले २५ रनको पारी खेले ।

हैदरावादका खलिल अह्मदले ३, भुवनेश्वर कुमारले २ तथा राशिद खान र सन्दीप शर्माले समान १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: