नेकपा एकता : ११ महिनापछि टुंगियो जिल्लाको एकता प्रकृया « Nagarik Khabar

नेकपा एकता : ११ महिनापछि टुंगियो जिल्लाको एकता प्रकृया



काठमाडौं । पार्टी एकता भएको ११ महिनापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला कमिटी एकताको घोषणा आज दिउँसो हुने भएको छ। जिल्ला कमिटीका पदाधिकारी टुङ्गो लागे पनि औपचारिक रूपमा नाम सार्वजनिक गरिएको छैन। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयले बैठकले जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको थियो।

कम्युनिस्ट पार्टीको स्थापना भएको ७० बर्ष पुगेको अवसरमा जिल्ला कमिटिको एकता प्रक्रियालाई टंगो लगाई घोषणा गर्न लागिएको हो। तर, स्थानीय तह र भातृ संगठनको एकीकरण प्रक्रिया अझै टुङ्गिएको छैन भने केन्द्रीय सदस्यहरुको कार्यविभाजन पनि भएको छैन।

सचिवालय बैठकले ७७ वटै जिल्ला अध्यक्ष र सचिवहरुको नाम टुंङ्गो लगाएको हो। ७७ जिल्लामध्ये ४४ मा पूर्व एमाले र ३३ मा पूर्व माओवादी केन्द्रले नेतृत्व पाएको बताइएको छ।

जनप्रतिनिधि भइसकेका कतिपय पूर्व अध्यक्ष भएका छन्।धेरै जिल्लामा पूर्व अध्यक्षले नै नेतृत्व पाएको स्रोतको दाबी छ। एमालेका २४ जिल्लाका अध्यक्षको सचिवमा घटुवा भएको छ। एमालेले सचिव पाएको स्थानमा पूर्वमाओवादीले अध्यक्ष पाएको छ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: