काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता भएको करिब एक वर्षपछि जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।
आइतबार बसेको सचिवालय बैठकले नयाँ मापदण्ड तय गरेसँगै ७७ वटै जिल्लाका पदाधिकारी चयन गरिएको हो । ७७ जिल्लामध्ये पूर्वएमालेतर्फबाट ४४ र पूर्वमाओवादीतर्फबाट ३३ जिल्लामा मुख्य नेतृत्व हुने एकीकरण टुंगाइएको छ ।
प्रदेश नम्बर १ मा ५, प्रदेश २ मा ४, प्रदेश ३ मा ५ जिल्लाको नेतृत्व तत्कालीन माओवादीको भागमा परेको छ । त्यसैगरी गण्डकी प्रदेशमा ४, प्रदेश ५ मा ५, कर्णालाीमा ६ र सुदूरपश्चिममा ४ जिल्लाको नेतृत्व माओावादीको भागमा परेको छ।
एमालेकोतर्फबाट अध्यक्ष भएको ठाउँमा माओवादीतर्फको सचिव हुने र माओावदीको तर्फबाट अध्यक्ष भएको ठाउँमा एमालेकोतर्फबाट सचिव रहने गरी सहमति गरिएको छ ।
हेर्नुहोस् सूची :