कानुनविपरीत काम गर्ने जो कोहीलाई कारबाही गर्छौं : महानिरीक्षक खनाल « Nagarik Khabar

कानुनविपरीत काम गर्ने जो कोहीलाई कारबाही गर्छौं : महानिरीक्षक खनाल



काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मुलुकको शान्ति सुरक्षालाई चुस्त, दुरुस्त बनाउन अपराध नियन्त्रणका लागि प्रहरीले पूर्ण रुपमा व्यावसायिक तथा पारदर्शी ढङ्गले काम गरिरहेको बताएका छन् ।

सोमबार प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गरी महानिरीक्षक खनालले मुलुकको अपराध नियन्त्रणमा २०७५ सालमा उल्लेख्य काम गरेको दाबी गरेका छन् । ‘मुलुकमा हुने अपराध नियन्त्रणका लागि नेपाल प्रहरी लागिरहेको छ, कानुन विपरीत काम गर्ने जो कोहीलाई कारवाही गर्छौँ ।’ उनले भने, ‘निर्मला पन्तको हत्याराबारे नेपाल प्रहरीले गहिरो ढङ्गले अनुसन्धान गरिरहेको छ ।’

नेपाल प्रहरीले नेपालमा अपराध गरेर विदेश गएर बस्ने अपराधीलाई इन्टरपोलमार्फत कानूनी दायरामा ल्याएको छ । पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले समाजमा हुने अपराध नियन्त्रणका लागि प्रहरीले अगाडि सारेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत देशभरका ७५१ स्थानीय तहसँग सम्झौता गरिसकेको जानकारी दिए । उनले भने, ‘प्रहरीले एक लाख ९४ हजार विद्यार्थी, दुई हजार १९१ विद्यालय र १० हजार २०८ अभिभावकसमक्ष समुदाय–प्रहरी साझेदारी कार्यक्रम लगिसकेका छौं ।’

२०७५ सालमा मा मात्र प्रहरीले दुई हजार २६३ फरार अभियुक्तलाई पक्राउ, ४३५ अवैध हातहतियार बरामद, विभिन्न आपराधिक घटनामा ३८ हजार १५१ जनाविरुद्ध मुद्दा दायर गरेको जानकारी दिइयो । यस्तै, ३७ हजार ६८९ व्यक्तिलाई नियन्त्रणमा लिएको छ । प्रहरीले विभिन्न ठाउँबाट रु एक अर्ब ९३ करोड ९६ लाख ६० हजार राजस्व सङ्कलन गरेको छ । हाल प्रहरीको अपराध अनुसन्धानमा पाँच प्रतिशत प्रहरी रहेपनि अब त्यसलाई १० प्रतिशत पु¥याउने लक्ष्य राखिएको प्रवक्ता सुवेदीले बताउनुभयो ।

बाल यौन दुराचारमा संलग्न रहेको आरोपमा छ विदेशी र एकजना नेपालीलाई पक्राउ, विध्वंसात्मक गतिविधिमा संलग्न एक हजार ५१४ जनालाई पक्राउ, एक हजार ३१३ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: