फिलिपिन्समा शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु « Nagarik Khabar

फिलिपिन्समा शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु



फिलिपिन्समा ५.७ म्याग्निच्युडको भूकम्प गएको छ । देशको उत्तरी क्षेत्रको जाम्बालेसलाई केन्द्र बनाएर गएको भूकम्पका कारण दुई भवन भत्किँदा कम्तीमा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

भूकम्पपछि परिचालित सुरक्षाकर्मीको उद्धार टोलीले उत्तरी फिलिपिन्सको पोराक शहरमा भवनको भग्नावशेषमा फसेका तीन शवलाई निकालिसकिएको र लुबाओ शहरमा भवनको भग्नावशेषमा दुई मृत शव फसेका अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

साँझको समयमा आएको भूकम्पका कारण शहरी क्षेत्रमा विद्युत सेवा अवरूद्ध बन्दा कतिपय स्थानमा उद्धार कार्यसमेत प्रभावित बनेको अधिकारीहरुले बताएका छन् ।

अमेरिकी भूगर्भ सर्भेले फिलिपिन्समा ६.३ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ४० किलोमिटर मुनि रहेको फिलिपिनी भूगर्भ केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: