श्रीलंका हमलाको असर : नेपालमा सुरक्षा व्यवस्था कडा « Nagarik Khabar

श्रीलंका हमलाको असर : नेपालमा सुरक्षा व्यवस्था कडा



काठमाडौं । श्रीलंकामा विभिन्न स्थानमा भएको बम हमलापछि नेपालमा सुरक्षा व्यवस्था कडा पारिएको छ। धार्मिक तथा पर्यटकीय क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको हो।

श्रीलंकामा भएको श्रृंखलाबद्ध विस्फोटमा परी करिब २९० जनाको ज्यान गएको छ। विभिन्न चर्च र होटलमा विस्फोट हुँदा ५ सय जना भन्दा बढी घाइते भएका छन्।

जस्को असर नेपालमा पनि पर्न सक्ने संभावनालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारिएको नेपाल प्रहरीले जनाएको छ।

त्रिभुवन विमानस्थल, पशुपतिनाथ मन्दिर परिसर, बौद्ध गुम्बा, स्वयम्भुनाथ परिसर, इसाइ धर्मालम्बीहरुको चर्च तथा मुस्लिम धर्मालम्बीहरुको मस्जिदमा सुरक्षा व्यवस्था कडा पारिएको सुरक्षा निकाय स्रोतले जनाएको छ।

त्यसैगरी ठमेल, पोखरा, धरान, लगायतका शहरमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ। त्यस्तै स्थलमार्गको चेकजाँचलाई पनि कडा पारिएको प्रहरीले जनाएको छ। सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैले चेकजाँचलाई कडा पारेका छन्।

भारतीय सीमा क्षेत्रमा कडा पारिएको सुरक्षा निकायले जनाएको छ।

श्रीलंकाका आक्रमणकारीहरु भागेर दक्षिण एसियाकै विभिन्न देशहरुमा जानसक्ने अवस्था रहेकाले पनि नेपालमा सुरक्षा व्यवस्था कडा पारिएको हो। नेपाल प्रहरीको राजनीतिक सुचना विश्लेषण इकाईको आग्रहमा देशभित्रका सबै नाकामा रहेका प्रहरीलाई त्यसतर्फ ध्यान दिन सचेत गराइएको छ।

श्रीलंकामा १० बर्षपछि भएको आतंककारी हमलाका कारण त्यहाँ संकटकाल घोषणा गरिएको छ। यसअघि श्रीलङ्कााली सरकारले स्थानीय जिहादी समूह न्याश्नल तौहिद जमातको हात रहेको र विदेशबाट त्यसले सहयोग पाएको बताएको थियो।

राष्ट्रपति कार्यालयका अनुसार सोमवार मध्यरातदेखि देशभरि संकटाकाल घोषणा गरेको छ। श्रीलंकामा संकटकाल घोषणा गरेसँगै त्यहाँको सुरक्षालाई कडा पारिएको छ ।

खासगरी चर्चमा आक्रमण भएपछि नेपालका चर्चहरुमा पनि सरकारले सुरक्षाका लागि विशेष ध्यान दिएको छ । नेपालमा पनि धार्मिक आन्दोलनहरु भैराखेको अवस्थामा सरकारले धार्मिक तथा सांस्कृतिक क्षेत्रलाई सुरक्षित बनाउन सुरक्षा व्यवस्थालाई ध्यान दिने गृहमन्त्रालयले जनाएको छ।

‘हामीले यस्तै हुन्छ त भन्न सक्दैनौ तर धार्मिक क्षेत्र सधै संवेदनशील हुन्छन तिनीहरुको सुरक्षाका लागि उचित प्रबन्ध गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छौ’, गृहमन्त्रालयका प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदीले भने।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: